नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आगामी २०८२ भाद्र ३ देखि ८ गतेसम्म १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्ने भएको छ । नाडाले काठमाण्डौंको भृकुुुुटीमण्डपमा नाडा अटो शो २०२५ आयोजना गर्ने भएको हो । गत शुक्रबार केन्द्रीय कार्यालयमा बसेको नाडा अटोमोवाइल्स् एशोसिएशनको बैठकले नाडा अटो शो २०२५ आयोजना गर्ने निर्णय गरेको थियो ।