गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्य रुपमा मनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्य रुपमा मनाउन आग्रह गरेका छन् ।
प्रेस चौतारी नेपालका पदाधिकारी र सचिवालय सदस्यसँग सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले जनताको सङ्घर्षको प्रतिफलका रुपमा प्राप्त गणतन्त्र दिवसलाई सरकारीस्तरका साथै जनस्तरबाट पनि मनाउन आग्रह गरेका हुन् ।
नेपाल सरकारले यही जेठ १५ गतेको गणतन्त्र दिवस मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षताका मूल आयोजक समितिको समेत गठन गरेको छ ।
सोमबार सम्पन्न एमालेको सचिवालयको बैठकले पनि गणतन्त्र दिवसलाई सांस्कृतिक झाँकी सहित मनाउने निर्णय गरेको थियो । सो निर्णयको कार्यान्वयनका क्रममा सञ्चार माध्यम र डिजिटल मिडियामा समेत प्रचार प्रसार गर्नुुपर्नेमा प्रधानमन्त्री ओलीको जोड दिए ।
उनले आफूूलाई देश भक्तहरु प्यारो लाग्ने र देशद्रोही तथा प्रतिक्रियावादीहरु मन नपर्ने स्पष्ट गर्दै जस्तो सुकै प्रतिकूूल अवस्थामा पनि सत्य र परिवर्तनका पक्षमा सम्झौता नगर्न आग्रह गरे ।

Spread the love