गभर्नर सिफारिस समितिको बैठक सम्पन्न भएको छ । मंगलबार अपराह्न बसेको सिफारिस समितिको बैठकले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो । बैठकपछि अर्थमन्त्री विष्णु पौडेल तीन जनाका नाम लिएर बालुवाटार पुगेका छन् ।
जसमध्ये पहिलो नम्बरमा विश्व पौडेलको नाम छ । यस्तै दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना तिम्सिना र तेस्रो नम्बरमा पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस भएको छ । यसबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक केहीबेरमा बालुवाटारमा बस्दै छ ।