बैशाख १२ , काठमाडौँ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले आजका लागि निजामती कर्मचारी अस्पताल मिनभवन,राष्ट्रिय आर्युर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुर र शसस्त्र प्रहरी अस्पताल बलम्बु गरी तीन अस्पतालबाट कोरोना विरुद्धको चिनियाँ खोप भेरोसेल लगाइने भएको छ ।
त्यसैगरी भोलि नेपाल मेडिकल कलेज,काठमाडौं मेडिकल कलेज ,परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल र हिमाल अस्पताल गरी ४ वटा अस्पतालबाटपनि भेरोसिल खोप दिइने बताइएको छ ।
कोभिसिल्ड खोपको दोस्रो मात्रा दिनका लागि भने वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल अस्पताल तोकिएको छ ।सरकारले पछिल्लो पटक खोप लगाउन को लागी सर्व साधारण लाई सहज होस भनेर सुचना जारी गरेको छ ।

