जुम्लामा ग्यास चुलो बाल्ने क्रममा आगलागी

मुगु ।जुम्ला जिल्लाको पातारासी गाउँपालिका ६ मा आज बिहान ग्यास चुलो बाल्ने क्रममा आगलागीमा भएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले दिएको जानकारी अनुसार बिहान अन्दाजी करिब ६ः३० बजे रणु महतारा को तिनतल्य कच्ची घरको दोस्रो तलाको कोठामा ग्यास चुलो बाल्ने क्रममा एक्कासी आगो सल्किएको थियो।
आगलागीले घरको दोस्रो र तेस्रो तलामा रहेका अन्नपात, लत्ताकपडा, भाँडा वर्तन लगायत सम्पूर्ण सामग्री जलेर नष्टभएको इलाका प्रहरी पोस्ट उर्थुचौताराले जनाएको छ।आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन।
घटनाको जानकारी बिहान ८ः३० बजे टेलिफोन मार्फत इलाका प्रहरी पोस्ट उर्थुचौतारामा प्राप्त भएको थियो।
सोही सूचनाको आधारमा प्रहरी हवल्दार मनोजराज गिरीको कमान्डमा तीन जना प्रहरी टोली खटिएको थियो।
उक्त घर प्रहरी चौकीबाट करिब पाँच किलोमिटर उत्तरमा पर्ने स्थानमा अवस्थित रहेको बताइएको छ।
प्रहरी स्रोतका अनुसार आगो हालपूर्ण रूपमा नियन्त्रणमा लिइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ।
स्थानीयवासीका अनुसार कच्ची घरमा टिनको छाना भएकाले आगोले तीव्र गतिमा फैलिएको थियो। आगलागीबाट भएको क्षतिको यथार्थ विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीको भनाइ छ।

Spread the love