काठमाडौं । टाटाको नयाँ गाडी कर्भ इभी काठमाडौंमा आइपुगेको छ। पहिलो चरणमा टेस्ट ड्राइभका लागि नेपाल ल्याइएको हो । अहिले सीमित संख्यामा काठमाडौंमा भित्रिएको कम्पनीले जनाएको छ ।
टाटाले कर्भ इभी नेपाली बजारमा ‘गेम चेन्जर’ हुने टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ । सिप्रदी ट्रेडिङले कम्पनीले देभभर ५ देखि १० हजार किलोमिटर सम्म टेष्ट ड्राइभ गरेपछि गाडी बिक्रीमा राखिने बताएको छ।
निकट भविष्यमै हुन्डाई क्रेटा इभी र महिन्द्रा इभी समेत नेपाली बजारमा आउदै छ ।