नेप्से परिसूचक१.८६ अंकले बढेर २६८५.७३ विन्दुमा

Nepalstock exchange

 

काठमाडौं । बुधबार नेप्से परिसूचक १.८६ अंकले बढेर २६८५.७३ विन्दुमा पुगेको छ ।नेप्से परिसूचक २६८५.७३ विन्दुमा पुग्दा सेयर कारोबार ८ अर्ब ७१ करोडको भएको छ । सेयर बजार सामान्य अंकले बढेर २६८५.७३ विन्दुमा पुगेको हो । विकास बैंक, फाइनान्स, इन्भेष्टमेन्ट र लाइफ इन्स्योरेन्सको कारोबारमा भएको वृद्धिका कारण बजार बढेको हो ।
१३४ कम्पनीको सेयर मूल्य बढ्दा ९९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । गार्डियन माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको सेयरमूल्य घटेर सूचकमा नेगेटिभ सर्किट लागेको छ ।

Spread the love