दरबन्दी प्रर्याप्त नभएसम्म उचित ढङ्गले जनताले स्वास्थ्य सेवा पाउ“दैनः मन्त्री बस्नेत

काठमाडौं । स्वाथ्य तथा जनसङख्या मन्त्री मोहन बस्नेतले दरबन्दी प्रर्याप्त नभएसम्म उचित ढङ्गले जनताले स्वास्थ्य सेवा नपाउने बताएका छन् ।
बुधवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले नभए सम्म मन्त्रालयले उचित ढङ्गले जनतालाई स्वास्थ्य सेवा दिन नसक्ने बताएका हुन् ।
उनले स्वास्थ्य क्षेत्रमा सुर्तिजन्य पदार्थमा लिएको अरबौं कर मन्त्रालय नै पाउनु पर्ने टिप्पणी गरे ।
उनले भने,‘ जबसम्म दरबन्दी प्रर्याप्त हुँदैन् । त्यो बेलासम्म मन्त्रालयले उचित ढङ्गले स्वास्थ्य सेवा जनतालाई दिन सक्दैन् बजेटको सिलिङ अवस्थाभन्दा तन्कीएको छ । ट्याक्सको राज्यको कानूनले व्यवस्था गरे अनुसार त्यो हामीले किन नपाउने ?।’
उनले उक्त करको पैसा मन्त्रालयमा ल्याउन एकीकृत रुपमा पहल गर्नुर्ने बताए ।

Spread the love