नवनिर्वाचित सभामुखको प्रतिवद्धता

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले सभामुख पदको गरिमालाई कायम राख्न विगतमा भएका असल अभ्यास अनुसरण गर्दै अगाडी बढ्ने बताउनुभएको छ ।  निर्वाचित भएपछिको प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता गर्दै सभामुख सापकोटाल विगतका असल अभ्यासको अनुसरण गरी प्रतिनिधिसभालाई सफलता सम्म पु¥याउने अभ्यास गर्ने बताउनुभयो । जनताको शान्ति, समृद्धि र सुशासनको चाहानालाई सम्बोधन गर्न प्रतिनिधिसभाको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुहुँदै उहाँले देश र जनताका सरोकारका विषयमा माथि सदैव छलफल गर्न प्रयाप्त र समुचित वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो । ‘सभालाई जीवन्त बनाइराख्नका लागि मेरो ध्यान केन्द्रीत हुने छ । जननिर्वाचित यस घडिमा म यस संस्थाको ओज र प्रतिष्ठालाई अझ उचो बनाउनका लागि म भगिरथ प्रयत्न गर्ने छु’, सापकोटाले भन्नुभयो । सापकोटाले आफ्नो प्रतिवद्धतालाई व्यवहारमा रुपान्तरण गर्न सबै दलका सांसदहरुबाट पूर्ण सहयोगको अपेक्षा समेत गर्नुभएको छ । सापकोटाले आफुलाई सभामुखमा निर्वाचित गर्ने र सफल कार्यकालको शुभकामना दिने सबैलाई आभार व्यक्त गर्नुभयो । सापकोटाल सोमबार मात्रै सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सथपग्रहरण गरी सापकोटाले मंगलबारबाट प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुभएको हो ।

Spread the love