पत्रकारले लाइसेन्स लिनुपर्ने विषयमा सांसदहरुको भनाइ

मिडिया काउन्सिल विधेयकमा पत्रकारीता पेशामा प्रवेश गर्नेहरुले परीक्षा दिनुपर्ने प्रावधानको सत्तापक्ष र विपक्षी दलका नेताहरुले पक्ष विपक्षमा आफ्नो मत जाहेर गरेका छन् । राष्ट्रियसभाका सदस्यहरुले पत्रकारीता पेशामा नया” आउनेहरुका लागि लाइसेन्स परीक्षाको व्यवस्था हुनुपर्ने प्रावधान विधेयकमा राखेको प्रावधानको पक्ष विपक्षमा आफ्नो मत जाहेर गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले पत्रकारको परीक्षा लिने जिम्मा दर्शक र स्रोतालाई दिनुपर्ने बताउनुभयो । दक्षिण एसियाका कुनै पनि देशमा यो अभ्यास नभएको र अहिले नेपालमा यस्तो अभ्यासनको आवश्यकता नरहेको उहाले बताउनुभयो । पाठक, दर्शक र स्रोतालाई नै छुट दिनुपर्छ । कुन पत्रकारले कस्तो कुरा गर्दैछ भन्ने कुरा पाठकलाई किन नछोड्ने ? यो अनुपयुक्त कुरामा हामीले अभ्यास गरिरहेका छौ । जुन कुरा साउथ एसिया, बेलायत, अमेरिका कुनै पनि देशम छैन् । हरेक कुराको परीक्षण हामीले किन गर्ने ? राष्ट्रियसभाबाट यो पास हुने अवस्था छ तर हामी विरोध गर्छौँ’, उहाले भन्नुभयो ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट राष्ट्रिसभामा प्रतिनिधित्व गरिरहनुभएका बृखेशचन्द्र लालले पत्रकारीतालाई कुनै घेराभित्र राख्न नहुने बताउनुभएको छ । विधेयक स्वस्थ र मर्यादित पत्रकारिता बनाउनका लागि आएको भएपनि लाइसेन्स लिनुपर्ने प्रवधान राख्न नहुने धारणा उहाँले राख्नुभयो । उहाँले भन्नुभयो, आचारसंहिताको पालना हामीले गर्नुपर्छ भन्ने मुल कुरा हो । तर यसमा लाइसेन्सको कुराले अलिकति अफ्ठ्यारो हुन सक्छ । पत्रकारीतालाई एउटा सीमा भित्र नियन्त्रण गर्ने प्रयास भए जस्तो लाग्छ । यसमा राजपा र कांग्रेसले आफ्नो धारणा राखिसकेको छ ।’ यता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद दिनानाथ शर्माले पत्रकारहरुको स्ट्याण्डर’ कायम राख्नका लागि यो प्रावधान ल्याइएको बताउनुभएको छ । पत्रकारको पहिचान र स्ट्याण्डर कायम होस भन्ने हिसाबले यो प्रावधान राखिएको उल्लेख गर्दै उहाँले यो उपयुक्त र राम्रो भएको बताउनुभयो । विधेयकका विषयमा पहिले पनि धेरै प्रश्नहरु उठेको सन्दर्भ उल्लेख गर्दै उहाँले प्रश्न उठाउनेहरुको इज्जत माथि उठाउने गरी यो व्यवस्था गरिएको बताउनुभयो । जसरी पहिले धेरै प्रश्न उठे विवाद भयो । प्रश्न उठाउनेहरुको चित्त प्रशन्न हुने गरी, इज्जत माथि उठाउने गरी यो व्यवस्था गरिएको हो । यसले उहाँहरुको स्ट्याण्डर कायम गनर्छ’, उहाले भन्नुभयो ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले पत्रकारीता क्षेत्रमा प्रवेश गर्ने नयाँ व्यक्तिले लाइसेन्स लिनुपर्ने प्रावधान विधेयक पारित गरेपछि यसको विरोध भइरहेको छ । सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले समेत यस्तो व्यवस्था उपयुक्त नहुने बताउँदै आउनुभएको छ ।

Spread the love