नागरिकलाई सुरक्षित राख्ने गरी आवश्यक सर्तकता र पुर्व तयारीको अभियानमा लागेको अर्थमन्त्रीको भनाइ ।

सरकारले कोरोना भाईरसको संक्रमणबाट मुलुक र नागरिकलाई सुरक्षित राख्ने गरी आवश्यक सर्तकता र पुर्व तयारीको अभियानमा लागेको स्पष्ट पारेको छ ।
कोरोना भाईरसबाट मुलुकलाई जोगाउन सरकारले गरेको पुर्व तयारीका बारेमा जानकारी दिन विहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डाक्टर युवराज खतिवडाले संक्रमणको जोखिम आउन नदिन सरकारले पुर्ण सर्तकता अपनाएको स्पष्ट पार्नुभएको हो । सरकारले समयमै अपनाएको सर्तकताका कारण अहिलेसम्म कोरोना संक्रमणबाट नेपाल र नेपाली बच्न सफल भएको भन्दै उहाँले संभावित जोखिमको क्षेत्रमा थप प्रबन्ध गर्ने काम भईरहेको स्पष्ट पार्नुभयो । उहाँले केही समयभित्रै संक्रमणको त्रास बाट मुक्त हुने विश्वास पनि दिलाउनुभयो ।
उहाँले पुर्वतयारी स्वरुप आवश्यक आईसोलेसन बेड, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गर्नुको साथै निजि क्षेत्रका चिकित्सक लगायत विभिन्न क्षेत्रसंग सहकार्य अघि बढाईएको बताउनुभयो । मित्रराष्टले समेत विभिन्न उपकरणमा सहयोग गर्न थालेको र ती उपकरणहरु प्राप्त गर्न पनि थालिसकेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले तत्काल केही आन्तरिक आर्थिक क्षेत्रमा प्रभाव देखिएपनि समस्या समाधानमा सबै तहका सरकार एकजुट भएकाले सबै नागरिकलाई सुरक्षित राख्न सक्छौ भन्ने विश्वास सरकारले लिएको बताउनुभयो ।
उहाँले तत्काल पर्यटनक्षेत्रमा असर देखिएको र पर्यटन संग सम्बन्धित हवाई, होटल लगायत क्षेत्र प्रभावित भएपनि त्यसले समग्र अर्थतन्त्रमा असर पर्छ भनेर आकलन नगर्न आग्रह् गर्नुभयो।
सिजनको समयमा प्रभावित भएको पर्यटन व्यवसायलाई अफ सिजनमा छिमेकी मुलुकबाट पर्यटन ल्याएर पुरण गर्ने गरि सरकारले अफ सिजन टुरिजम तर्फको रणनीति बनाउन थालेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
व्यक्ति स्वंयम र अन्यलाई पर्न सक्ने जोखिमलाई रोक्नका लागि बैदेशिक रोजगारीमा जाने र फर्कने दुवैलाई रोक लगाउनुपरेको भन्दै उहाँले बैदेशिक रोेजगारीमा गएर फर्किएका र फेरी जान नपाएका इच्छुकहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत श्रम गर्ने व्यवस्था मिलाईने बताउनुभयो ।
बैदेशिक रोजगारीमा जान रोक लगाएकै कारण बिप्रेषणमा प्रभाव नपर्ने दाबी उहाँले गर्नुभयो । बिप्रेषणको वृद्धिदर लामो समय देखि उच्च रहदै आएको र वर्तमान अवस्थामा बैकसंग पर्याप्त तरलता रहेकाले मुद्रा र पूँजी बजारमा ठूलो वित्तिय समस्या पर्ने स्थिति नरहेको उहाँले बताउनुभयो ।
उहाँले संभावित मुल्यवृद्धिलाई बढ्न नदिन आपुर्तिपक्षको व्यवस्थापन र कृत्रिम अभाव हुन नदिने तर्फ सरकार सचेत रहेर काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले अतिरिक्त मुल्य असुल गर्न खोज्ने र कृत्रिम अभाव श्रृजना गर्नेलाई कानुनको दायरामा ल्याईने बताउनुभयो ।
विश्व स्वास्थ्य संगठनको दक्षिण पुर्वी एशियाका निर्देशकले संक्रमण नेपाल लगायत दक्षिण पुर्वी एशियामा अलिकति संक्रमणको प्रभाव पर्न सक्छ भनेकाले र जोखिममा नराख्न अभिभावक र नागरिक समाजले पनि दबाब दिएका कारण एसईईको परीक्षा सारिएको स्पष्ट पार्नुभयो ।

Spread the love