काठमाडौँ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले २०८२र ०८३ को बजेट सम्बन्धी सुझावहरू प्रस्तुत गरेको छ । बुधबार नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती समेतको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक महेश भट्टराईसँग भेटगरी सुझावहरू प्रस्तुत गरेकोहो । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नाडाका विभिन्न समितिहरूमा छलफल गरी तयार गरेको आर्थिक वर्ष २०८२र८३ को बजेट सम्बन्धी सुझावहरू प्रस्तुत गरेका हुन् । नाडाले प्रस्तुत गरेको सुझावमा स्वच्छ व्यवसायका लागि वातावरण तयार गर्न सरकारलाई आग्रह गरिएको छ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको प्रतिनिधि मण्डलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलन बाबु मल्ल, लुब्रिकेन्टस् समितिका उपसभापति दिपक कुमार, सदस्य अमरज्योति रन्जितकर र अंकुर खनाल समेतको सहभागिता रहेको थियो।