पोखरामा ‘प्रथम नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२५’ प्रदर्शनी हुँदै

 

काठमाडौं । पोखरामा पहिलो पटक नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले ‘प्रथम नाडा प्रेजेन्ट्स वाडाअटो शो २०२५’ को आयोजना गर्ने भएको छ ।
पोखरा स्थित अमरसिंह खेल्कुद मैदानमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसन द्वारा यही चैत्र १४ गतेदेखि १७ गते प्रदर्शनीमा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिका प्रबद्र्धक रहेको प्रदर्शनीका संयोजक निरन के.सीले प्रेस विज्ञप्ती मार्फत जानकारी दिए ।
४ दिनसम्म चल्ने अटो शोलाई ३५००० आगन्तुकहरूले अवलोकन गर्ने संयोजक के.सीले जानकारी दिए ।
एनका अनुसार प्रदर्शनीको टिकटिङ पार्टनरमा खल्ती एप, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी सपोर्टमा हिटको प्रा. लि., अफिसियल इन्सुरेन्समा सगरमाथा लुम्बिनी इन्सुरेन्स (सलिको), ट्राभल पार्टनरमा स्वीफ्ट होलिडेज, हस्पिटालिटी पार्टनरमा होटल शारा, हस्पिटल पार्टनरमा नेपाल मनिपाल कलेज अफ मेडिकल साइनस ( मनिपाल हस्पिटल) जस्ता प्रतिष्ठित संस्थाहरू रहेका छन् । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स) ले गर्नेछ ।
प्रदर्शनीमा १९ वटा ब्राण्डका ४ पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, वटा ब्राण्डका २ – पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहने छ ।
प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारी साधन सुरक्षा सम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी विविध जानकारी मूलक कार्यक्रमहरू सञ्चालन गरिने छन् भने पोखरा लायन्स क्लबको सहयोगमा चैत्र १५ प्रदर्शनी परिसर भित्र रक्तदान कार्यक्रम समेत सञ्चालन गरिने जानकारी संयोजक के.सी ले दिए ।
बन्दिपुर केवुलकार एण्ड टुरिजम लि.ले डोर प्राइज स्पन्सर अन्तर्गत ३०० वटा केबुलकार टिकट उपलब्ध गराउने भएको छ र प्रदर्शनी अवलोकन गर्न आउने महानुभावहरूले टिकटमा गोला प्रथाद्वारा सो केबुलकारको टिकट प्राप्त गर्न सक्नेछन् ।

Spread the love