निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने अर्थमन्त्रीको प्रतिबद्धता

अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । शनिबार वीरगंज उद्योग बाणिज्य संघको ४६ आंै साधारणसभामा बोल्दै मन्त्री शर्माले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । अर्थमन्त्री शर्माले वीरगञ्ज चिनी मिल चलाउने कुरा बजेटमा उल्लेख गरिएको भन्दै त्यसलाई मजाकको रुपमा नलिन पनि आग्रह गर्नु भयो । उहाँले ५-७ महिनादेखी निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा सो चिनी मिल चलाउन सरकार तयार रहेको बताउनु भयो । मन्त्री शर्माले चिनी मिल सञ्चालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन वीरगञ्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।
कार्यक्रममा बोल्दै अर्थसचिव मधुकुमार मरासिनीले वीरगञ्ज क्षेत्र उद्योग व्यापारमा ‘लाइफलाइन’ भएको बताउनु भएको थियो ।

Spread the love