निजी क्षेत्रले दिने सुझाव सरकारको तर्फबाट सुनुवाई भईरहेको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउन सके मात्र प्रतिस्पर्धामा जाने वातारण बन्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपालमा औपचारिकी करणको प्रगति र महत्त्व सम्बन्धी कार्यक्रममा बोल्दै, उनले अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउनुपर्ने बताएका हुन् ।
उनले व्यवसायको औपचारीकरण अव विकल्प नभएर आवश्यकता रहेको धारणा राखे । उनले निजी क्षेत्रले दिने सुझाव सरकारको तर्फबाट सुनुवाई भईरहेको बताए ।
‘हामीले दिने सुझाव, नीति निमार्णमा दिने सुझाव, राय सरकारको तर्फबाट सुनुवाई भएको छ र त्यसको आधारमा नीति निर्माणको प्रक्रियामा गईरहेको छ जूननिजी क्षेत्रका लागि खुसिको खबर हो,’ उनले भने ।

Spread the love