काठमाडौं ।नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा माओवादीसँग भएको सहमतिबाटै समस्याको समाधान हुने स्पष्ट पारे ।
शुक्रबार संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले संसदीय प्रणालीमा मुख्य विपक्षी दल मुख्य हुने भएकाले माओवादीसँग भएको समझदारी बमोजिम नै सदन अघि बढिरहेको बताए ।
उनले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षीसँग सहमति भइसकेकाले अन्य दलसँग सहमति गर्नु आवश्यक नरहेको बताएका छन् ।
माओवादीसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन अघि बढ्ने भन्दै दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै नहिँड्ने बताएका हुन् ।
बर्तौलाले रास्वपाले उठाएका विषयलाई समाधान गर्न सरकारले प्रतिबद्धता जनाइसकेको अवस्थामा निलो रिबन र कालो लुगा लगाएर रास्वपाका सांसदहरूले स्टन्ड गर्न खोजेको जिकिर गरे। संसदीय पद्धतिलाई ग्रहण गर्न रास्वपा असफल देखिएको उनको भनाइ छ।
रास्वपाले उठाएका विषयलाई समाधान गर्न सरकारले प्रतिबद्धता जनाइसकेको अवस्थामा नीलो रिबन र कालो लुगा लगाएर रास्वपाका सांसदहरूले स्टन्ड गर्न खोजेको थियो । संसदीय पद्धतिलाई ग्रहण गर्न रास्वपा असफल देखिएको छ । भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षीसँग सहमति भइसकेकाले अन्य दलसँग भने सहमति गर्नु आवश्यक छैन’ ।