नीति तथा कार्यक्रम पुरानै ढाँचाको मात्र आयो भन्नु गलत,नयाँ नीति धेरै समावेश छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत नीति–कार्यक्रममा विकास निर्माणका क्रममा देखापरेका कमी कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रम माथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले सांसदहरुबाट उही पुरानो नीति तथा कार्यक्रम भयो भन्ने प्रश्न आएको भन्दै विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने प्रस्ताव गरिएको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले सहमतिको आधारमा संसवधान संशोधनको प्रक्रिया अगाडि बढाउने नीतिमा सरकार प्रतिबद्ध रहेको बताए ।
उनले भने,‘सहमतिको आधारमा संसवधान संशोधनको प्रक्रिया अगाडि बढाउने नीतिमा सरकार प्रतिबद्ध छ । दलहरुबीचको स्वच्छ प्रतिस्पर्धा आपसि संवाद सहकार्य र सहअस्तित्वको नीतिमा राजनैतिक स्थायित्वलाई निरन्तरता नीतिगत स्थिरता सुनिश्चीत गर्ने हाम्रो प्रयास जारी रहने छ ।’

Spread the love