नेपालमा पहिलो पटक ‘वल्र्ड अफ डान्स नेपाल २०२६’ आयोजना गरिने

काठमाडौं । नेपालमा पहिलो पटक विश्वस्तरीय डान्स प्लेटफर्म ‘वल्र्ड अफ डान्स नेपाल २०२६’ आयोजना गरिने भएको छ । आइतबार विशेष समारोहका बीच कार्यक्रमको औपचारिक घोषणा गरिएको हो ।

कार्यक्रमका निर्णायकमा किरण थापा, जेरी टावल र टेरेन्स लेविन्स रहने छन् । कार्यक्रममा बोल्दै थापाले टेलिभिजन रियालिटी शोभन्दा फरक रूपमा यहाँ ‘परफर्मेन्स–आधारित’ डान्स प्रस्तुत हुने बताउँदै नेपालमा प्रतिभाको कमी नभएको उल्लेख गरे ।

उनले भने, ‘वल्र्ड अफ डान्समा हामीले टिभीमा हेर्न डान्स रियालिटी शो को भन्दा फरक हुन्छ । यहाँ ‘र रस्किट’ र रोनाधोना कम गरेर प्रश्तुती हुनेछ । यसमा इन्जोए गर्छु । विश्वास छ नेपालमा धेरै ट्यालेन्टहरु भेट्ने छौं । नेपाल र नेपालीहरु डान्स र कलाको मामिलामा कही कम छैनन् । यस्ता प्लेटफर्महरुले ठाउँ दिन खोजेको छ ।’

कार्यक्रममा अभिनेत्री परीक्षा लिम्बुले डान्स र अभिनय आपसमा अन्तरसम्बन्धित रहेको भन्दै यसले स्टोरी टेलिङ, एक्सप्रेसन र इमोशन जस्ता पक्षलाई जोड्ने बताइन्।

 

 

त्यसैगरी वल्र्ड अफ डान्सको फेस रहेकी कविता नेपालीले नेपालमा डान्स क्षेत्र कमजोर हुँदै गएको अवस्थामा यस्ता प्लेटफर्मले नयाँ आशा जगाएको प्रतिक्रिया दिइन्। उनले आयोजकलाई धन्यवाद दिँदै डान्सरहरूलाई निरन्तर अघि बढ्न प्रेरित गरिन् ।

कार्यक्रममा अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले पनि मन्तव्य व्यक्त गरेका थिए।

आयोजकका अनुसार प्रतियोगितामा गोल्ड प्लेटेड ट्रफीसहित विभिन्न पुरस्कार राखिएको छ । एपमार्फत रजिस्ट्रेशन गरी अडिसनमा सहभागी हुन सकिनेछ भने विजेताले नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर र विभिन्न अवार्ड प्राप्त गर्नेछन्।

Spread the love