जेठ १३, काठमाडौं । आज बिहिवार १४ अर्व रुपँया माथिको कारोवार भएको छ । यो नयाँ रेकर्ड हो । यस अघि एकैदिन १३ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबारले रेकर्ड राखेको थियो ।
राष्ट्र बैंकको निर्देशन पछि बैंकहरुले लघुवित्तको सेयर किन्न नपाउने भएका छन् । अन्य कम्पनीहरुको सेयर खरिद गर्दा पनि कम्तिमा एक वर्ष होल्ड गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।
राष्ट्र बैंकको यो निर्देशन पछि सेयर बजारलाई नकारात्मक असर पर्ने अनुमान थियो । अनुमान अनुसार नै लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य बिहीबार घट्यो । निषेधाज्ञा विचमा पनि सेयर कारोवार उत्साहजनक रुपमा उक्लिरहेको छ ।

