नेपाल पेमेन्ट सोलुसन्स र लुम्बिनी बिकास बैंक बिच सम्झौता

पुष ६, काठमाडौँ । नेपाल पेमेन्ट सोलुसन्सले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै लुम्बिनी बिकास बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ ।

नेपाल पेमेन्ट सोलुसन्सको तर्फबाट  प्रताप श्रेष्ठ, सी.एक्स.्ओ र  सिमोन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा लुम्बिनी बिकास बैंकको तर्फबाट  उमेश रेग्मी, डेपुटी सीईओ र  विशल जोशी, आईटी र कार्ड प्रमुखले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाइएको छ । यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्सले  लुम्बिनी बिकास बैंकसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब,  बैंकसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सको चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउने जनाइएको छ ।

नेपाल पेमेन्ट सोलुसन्सले  यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको साथै तिनीहरूले डिजिटल प्रविधिहरूको लाभ उठाएर उच्च स्तरीय बैंकिङ सेवाहरू र भुक्तानी समाधानहरू प्राप्त गर्ने सोलुसन्सले जानकारी दिएको हो ।

Spread the love