नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षा गर्ने

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षा गर्ने भएको छ । काउन्सिलले शुक्रबार विशेष परीक्षाका लागि सूचना प्रकाशित गरेको छ । चैत्र २१ र २२ गते हुने विशेष परीक्षाका लागि फागुन २८ गतेसम्म तोकिएको शुल्क बुझाएर र विलम्व शुल्क सहित चैत्र १ गते सम्म फारम भर्न सकिने काउन्सिलले जनाएको छ । एम. वि. वि. एस. उत्तीर्ण गरेका चिकित्सकले नेपाल मेडिकल काउन्सिलको परीक्षा दिई उत्तीर्ण भएर मात्र चिकित्सा पेसामा प्रवेश गर्नुपर्ने व्यवस्था छ ।

Spread the love