काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले राधिका शाक्यले लेखेको किताब कुनै उपन्यास नभएर सत्यमा आधारित भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण समारोहमा उनले किताब केही पनि नमिसिएको २४ क्यारेट सुनजस्तै पुस्तक भएको भन्दै सत्यमाथि कसैले प्रश्न उठाउन नसक्ने बताए ।
यसको साथै, बाँच्ने मर्ने ठेगान नभएर घरखेत सबै सकाएर हिडेको मान्छे भएको हुनाले पाल्न सक्दिन्, पाल्न सक्ने हुत्ती भएको मान्छे होइन भनेर पहिलै प्रष्ट रुपमा भनेको पनि उनले सुनाए ।