नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा स्पोर्टिङ इलाम र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण अन्र्तगत आज हुने एकमात्र खेलमा स्पोर्टिङ इलाम र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने खेल साँझ ५ बजे सुरु हुनेछ ।
चौथो चरणको खेलसम्म आइपुग्दा पोखरा थन्डर्स ५ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहदा स्र्पोटिङ इलाम पुछारमा छ । इलामको ३ अंकमात्रै रहेको छ ।
आजको खेलमा पोखरा विजयी भए तालिकाको शीर्ष स्थानमा उक्लने छ भने इलाम विजयी भए तेस्रो स्थानमा उक्लने छ ।
जारी सिजनमा ३ खेलमा ७ अंक बटुल्दै धनगढी तालिकाको शीर्ष स्थनमा छ ।
त्यस्तै, ललितपुर सिटी ४ खेलबाट ६ अंकसहित दोस्रा स्थानमा रहेको छ । गत संस्करणको विजेता काठमाडौं रेजर्स ५ अंकका साथ चौथो स्थानमा रहेको छ ।

Spread the love