नेप्से २७ अंकले बढ्यो, ७ अर्ब १६ करोडको कारोवार

असार १३, काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से सूचक दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक २७.३८ अंकले बढेर २८७०.३८ को बिन्दुमा पुगेको हो ।

आज ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७ सय २८ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२७ कम्पनीको २ करोड ९ लाख ७४ हजार ३ सय ७७ कित्ता शेयर खरिद विक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

आज अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी र सेन्चुरी कमर्सीयल बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज हाइड्रोपावर, बैंकिङ लगायत ८ समूहको समूहगत सूचक बढेको छ भने फाइनान्स, विकास बैंक लगायत ५ समूहको समूहगत सूचक घटेको छ । हाइड्रोपावर समूहको सर्वाधिक बढी २.६७ प्रतिशत बढेको छ भने बैंकिङ समुहको २.०१ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स समूहको सर्वाधिक बढी १.७६ प्रतिशतले घटेको छ ।

आज नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक बढि ४० करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सेन्चुरी कमर्सीयल बैंकको ३७ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेप्से परिसूचकसँगै यस दिन सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ७६ अंकले बढेर ५२९ दशमलव ४१ विन्दुमा पुगेको छ । आइतवार जलविद्युत् समूहको परिसूचक सर्वाधिक २ दशमलव ६७ प्रतिशतले र बैंकिङ्कको दोस्रोमा २ दशमलव शून्य १ प्रतिशत बढेको छ ।

यस्तै यो दिन व्यापारिकको १ दशमलव २७ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४८ प्रतिशत, अन्यको शून्य दशमलव २५ प्रतिशत, लघुवित्तको शून्य दशमलव १ प्रतिशत, म्युचुल फण्डको शून्य दशमलव ५२ प्रतिशत र लगानी समूहको शून्य दशमलव ४८ प्रतिशत बढेकोछ ।

यो दिन वित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव ७६ प्रतिशतले घटेको छ भने विकास बैंकको १ दशमलव ३६ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव १९ प्रतिशत, निर्जीवनको शून्य दशमलव २८ प्रतिशत र जीवन बीमाको शून्य दशमलव शुन्य ७ प्रतिशतले परिसूचक घटेको छ ।

जलविद्युत र बैंकिङ्ग समूहको परिसूचक सर्वाधिक बढेको आइतवारको बजारमा सेञ्चुरी कमर्सियल बैंक र अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य उच्च दरमा बढेको छ । सेञ्चुरी कमर्सियल बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले बढेको हो छ भने अपर तामाकोशीको ९ दशमलव ९३ प्रतिशतले बढेको हो ।

सेञ्चुरी कमर्सियल बैंकको प्रतिकित्ता रू. २७ ले बढेर अन्तिम मूल्य रू. २९८ पुगेको छ भने अपर तामाकोशीको प्रतिकित्ता रू. ७४ ले बढेर अन्तिम मूल्य रू. ८१९ पुगेको छ ।

यस दिन सर्वाधिक मूल्य बढ्ने पाँच ओटा कम्पनीमा यी दुई कम्पनीसँगै युनाईडेड ईदी मर्दी आरबी हाइड्रोपावर, रिडी हाइड्रोपार र सिभिल बैंक रहेका छन् । युनाइटेड मर्दीको ७ दशमलव २५ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३३ ले बढेर अन्तिम मूल्य रू. ४८८, रिडी हाइड्रोपावरको ६ दशमलव २६ प्रतिशत अर्थात प्रतिकित्ता रू. ३५ ले बढेर अन्तिम मूल्य रू. ५९४ र सिभिल बैंकको ६ दशमलव शून्य ९ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १७ ले बढेर अन्तिम मूल्य रू. २९६ पुगेको हो ।

यस दिन सर्वाधिक शेयरमूल्य गोर्खाज फाइनान्स लिमिटेडको घटेको छ । उक्त कम्पनीको ४ दशमलव ३७ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ५१ ले घटेर अन्तिम मूल्य रू. १ हजार ११५ कायम भएको हो ।आइतवार रू. ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार बराबरको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२७ कम्पनीको ८२ हजार ५५ पटकको व्यापारमा भएको हो ।
कुल कारोबारमा यस दिन सर्वाधिक हिस्सा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले ओगटेको छ । कम्पनीको रू. ४० करोड ७० लाख २५ हजार बराबरको शेयर कारोबार भएको हो ।

Spread the love