नेफाले साउन १३ गते ३१औं कार्गो दिवस मनाउने

काठमाडौं । नेपालफ्रेट फर्वार्डर्स एसोसिएसनले यहीश्रावण १३ गते ३१औं कार्गो दिवस मनाउने भएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसोसिएसनका उपाध्यक्ष नरेश कुमार अग्रवालले श्रावण १३ गते ३१औं कार्गो दिवस मनाउने जानकारी दिएका हुन् ।
कार्गो दिवसले केवलव् यापारिक छलफल मात्र नभइदेशको समग्र आपूर्ति श्रृखंलालाई कसरी अझ प्रभावकारी र सुदृढ बनाउने उनले विश्वास व्यक्त गरे ।
लजिस्टिक क्षेत्रलाई आधुनिक प्रविधि र अन्तराष्ट्रिय मापदण्डसंग जोड्न र यस क्षेत्रमा संलग्न जनशक्तिलाई प्रोत्साहन दिन महत्वपूर्ण भूमिका खेलेको उनको भनाई छ ।
कार्गो दिवस मनाउनु नेपालको व्यापार र आर्थिक वृद्धिका लागि एउटा अपरिहार्य कदम रहेकोपनि उनको भनाइछ ।
कार्यक्रममा उद्योगमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा विभिन्न अन्तरक्रिया गरिने र सम्मान गरिने समेत उनले जानकारी दिए ।

Spread the love