पर्यटन पुनरुत्थानका कार्यक्रम ल्याउन होटल व्यवसायीको माग

पुस ४, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग होटल व्यवसायीले दिगो पर्यटनका लागि पुनरुत्थानका कार्यक्रम ल्याउन माग गरेका छन् ।

सुझाव प्रस्तुत गर्दै होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले बागमती प्रदेश पर्यटनको केन्द्र भएको हुँदा विशेष पर्यटन नीति तथा योजना बनाउन आग्रह गर्नुभयो । उहाँले विशेषगरी पर्यटन पुनरुत्थान गर्ने सहयोगी कार्यक्रमहरु शीघ्र कार्यान्वयन गरिनुपर्ने र यसबाट अन्य प्रदेशहरुले पनि सोही बमोजिमको अनुशरण गर्ने बताउनु भयो । उहाँले  वातावरणीय अध्ययन आफैंमा राम्रो भएता पनि कोभिड–१९ को मध्य समय असार १, २०७६ मा संशोधन भएको वातावरण ऐन २०७६ मा अव्यवहारिक प्रावधान राखिएको बताउनु भयो ।

२५ देखि ५० बेडसम्मका होटलहरुले संक्षिप्त वातावरणीय अध्ययन गरिनुपर्ने कानुन स्त्तरोन्नति र सकारात्मक दूरदृष्टि राखेर आएको भए पनि व्यापक परामर्श र व्यवहारिकता नहेरी आएको यस व्यवस्थाले साना तथा मझौला व्यवसायी चेपुवामा परेको उहाँको भनाइ छ । कार्यक्रममा संघका महासचिव साजन शाक्यले कोभिड–१९ ले अतिप्रभावित पर्यटन तथा होटल उद्योगलाई बचाउनका लागि प्रदेश पर्यटन नीति तथा कानुन पर्यटन मैत्री हुनुपर्ने बताउनु भयो ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार व्यवसाय मैत्री नीयम तथा कानुनको अवलम्वन गर्दै अगाडि बढिरहेको र यसबाट पर्यटन क्षेत्रलाई ठूलो राहत पुग्ने बताउनु भयो । उहाँले यस क्षेत्रको जर्गेना हुन सके, बढी भन्दा बढी लगानी हुन सके, रोजगारी र राजस्वको दयरा बढ्ने पनि बताउँदै पर्यटन क्षेत्रलाई फराकिलो बनाउँदै अघि बढ्ने आश्वासन दिनुभएको छ ।पर्यटन पुनरुत्थानका कार्यक्रम ल्याउन होटल व्यवसायीको माग

Spread the love