युवा पर्यटन प्रोफेशनल शेफ प्रतियोगिता आयोजना

पुष ५ , काठमाडौं । प्यासिफिकएशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले ग्लोबल कलेज इन्टरनेशनलसँगको सहकार्यमा पाटा युवापर्यटन प्रोफेशनल शेफ प्रतियोगिता आयोजना गरेको छ ।

पाटा युवापर्यटन प्रोफेशनल शेफ प्रतियोगिता पाटा युथ ट्यालेन्ट क्वेस्टको चौथो संस्करण अन्तर्गत आयोजित कार्यक्रम हो । वार्षिक रुपमा आयोजना गरिने युथ ट्यालेन्ट क्वेस्ट पाटा नेपाल स्टुडेन्ट च्याप्टर सदस्यतथा पाटा नेपाल च्याप्टरमा आवद्ध सदस्य शैक्षिक संस्थाहरूमा हस्पिट्यालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धा मार्फत प्रस्फुटित गराउने तथा नेपालीपर्यटन क्षेत्रमाभावी सबल पर्यटन जनशक्तिको खोज मुलक अभियानको रुपमा अगाडि बढेको पाटा नेपालले जनाएको छ ।

Spread the love