पाकिस्तानलाई नेपालले दियो १९८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सवै विकेट गुमाएर १९७ रन बनाएको हो । पाकिस्तानविरुद्ध पनि नेपालको ब्याटिङ चल्न सकेन । अर्जुन कुमाल ६ रन बनाएर पहिलो विकेटको रुपमा आउट भएका थिए । त्यसपछि क्रिजमा आएका आकाश त्रिपाठी पनि व्यक्तिगत ६ रन बनाएर पभेलियन फर्किए । विपिन रावललार्य साथ दिएका आएका कप्तान देव खनाल केहीबेर टिके पनि २३ रन बनाएर आउट हुँदा नेपालले १७.१ ओभरमा ३ विकेट गुमाएर ८० रन बनाएको थियो ।
त्यसपछि चौथो विकेटका रुपमा उत्तम मगर ४ रन जोडेर फर्किए । ९६ रन बनाउँदा नेपालले पाँचौं विकेट गुमाएको थियो । पाँचौं विकेटको रुपमा सर्वाधिक रन बनाएका विपिन रावल आउट भए । उनले ६८ बल खेल्दा १ छक्का र ४ चौकाको मद्दतले ३९ रन जोडेका थिए । भरपर्दा खेलाडी गुलसन झाबाट नेपाली टोलीले ठूलो अपेक्षा राखेको थियो । तर उनले पनि निराश बनाए । छैटौं विकेटको रुपमा उनी आउट हुँदा नेपालले ३७.२ ओभरमा १२७ रन बनाएको थियो । गुलसनले ४७ बल खेलेर १८ रन बनाएका थिए । दिपेश कँडेल १३ रन बनाएर आउट भए । दीपक डुम्रेले २६ रन जोडेर आउट हुँदा नेपालको स्कोर १७२ रन पुगेको थियो । दीपक आठौं विकेटको रुपमा आउट भएका थिए । नवौं विकेटको रुपमा सुवास भण्डारीले २० रन जोड्दा आकाश चन्दले १६ रनको नटआउट पारि खेले । अन्तिम बल फेस गरेका दुर्गेश गुप्ता खाता नै नखोली अन्तिम विकेटको रुपमा आउट हुँदा नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाएर १९७ रन बनायो ।

Spread the love