एजेन्सी । पाकिस्तान र भारतबीच तनाव बढ्दै गएपछि द्वन्द्वहुने डरले कश्मीरका बासिन्दाहरू खाद्यान्न र अत्यावश्यक वस्तुहरूको भण्डारण गर्न थालेका छन् ।
अप्रिलको अन्त्यतिरबाट दुई देशबीचको गतिरोध बढ्दै गएको हो । पाकिस्तानले सोमबार तीनदिनमा दोस्रो क्षेप्यास्त्र परीक्षण गरेको र भारतले धेरै राज्यहरूलाई सुरक्षा अभ्यास गर्न आदेश दिएको खबर बाहिरिएपछि दुई देशबीच तनाव बढेको हो ।
दुई दक्षिण एसियाली छिमेकीहरू बीच विवादित क्षेत्र कश्मीरलाई विभाजन गर्ने सीमा, नियन्त्रण रेखा नजिकका समुदायहरू सम्भावित द्वन्द्वका कारण त्रशित भएका छन् ।
सैन्य गतिविधि बढ्दै गएपछि आजाद कश्मीरका मानिसहरूले खाद्यान्न र आवश्यक वस्तुहरूको भण्डारण गर्न थालेका हुन् । स्थानीय सरकारले सबैभन्दा जोखिममा रहेका गाउँहरूमा आपूर्ति व्यवस्थापनमा काम गरिरहेको छ ।
कश्मीरमा दुर्गम र हिउँले घेरिएका क्षेत्रहरूमा जाडोको लागि पीठो भण्डारण गर्ने गरिन्छ । तर सीमापार तनाव बढ्ने खतरा बढ्दै जाँदा, पाकिस्तानी सरकारले अब पहुँचयोग्य क्षेत्रहरूमा पनि भण्डारण विस्तार गर्दैछ, आपूर्ति केन्द्रहरूलाई स्थानान्तरण गर्ने तयारी गरेको छ ।
भारत नियन्त्रित कश्मीरको पहलगाम शहर नजिकैको प्रमुख पर्यटकीय स्थलमाअप्रिल २२ मा भएको आक्रमणबारे भारतले पाकिस्तानलाई दोष लगाउने गरेको छ । जसमा २६ जना सर्वसाधारणको मृत्यु भएको थियो । तर भारतीय पक्षको आरोपलाई पाकिस्तानले दृढतापूर्वक अस्वीकार गरिरहेको छ ।