प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त

प्रतिनिधि सभामा तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । आईतवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । यसअघि दाहालले प्रतिनिधि सभामा दोस्रो ठूलो दल एमालेसहित ७ राजनीतिक दल र स्वतन्त्र गरी १६९ जना सांसदको समर्थन जुटाएर राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गर्नुभएको थियो । सोही अनुसार दाहाल तेस्रो पटक प्रधानमन्त्री बन्न सफल हुनुभएको हो ।

यसैबीच, नवनियुक्त प्रधानमन्त्री दाहालले सोमवार (भोली) अपरान्ह ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको शपथ लिनुहुनेछ । राष्ट्रपति कार्यालयले प्रधानमन्त्री दाहालको पद तथा गोपनियताको शपथग्रहणको कार्यक्रम तय गरेको हो । दाहाल यसअघि दुई पटक प्रधानमन्त्री भइसक्नु भएको छ ।

Spread the love