बढ्यो अमेरिकी डलर, युरो र पाउन्डको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ७९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १८२ रुपैयाँ ८१ पैसा र बिक्री दर १८३ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १६४ रुपैयाँ ०५ पैसा र बिक्री दर १६४ रुपैयाँ ७७ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७१ पैसा र बिक्री दर ८८ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०५ पैसा र बिक्री दर ९८ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०५ रुपैयाँ ५० पैसा र बिक्री दर १०५ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा, थाई भाट एकको खरिद दर चार रुपैयाँ १४ पैसा र बिक्रीदर चार रुपैयाँ १६ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा कायम गरिएको छ ।
बैंकले मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ८० पैसा र बिक्री दर ३१ रुपैयाँ ९४ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८१ पैसा र बिक्री दर ९ रुपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ १४ पैसा र बिक्री दर १४ रुपैयाँ २० पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ ६२ पैसा र बिक्रीदर २० रुपैयाँ७१ पैसा तोकिएको छ ।

हङ्कङ डलर एकको खरिद दर १७ रुपैयाँ ४७ पैसा र बिक्री दर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिद दर ४४५ रुपैयाँ २५ पैसा र बिक्री दर ४४७ रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६४ रुपैयाँ २३ पैसा तथा ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५६ रुपैयाँ७० पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

Spread the love