बैशाख १५ , काठमाडौँ । बुधवार सुनको मुल्यमा ७ सयले गिरावट आएको छ । मंगलवार प्रतितोला ९१ हजार २ सयमा कारोवार भएको सुनको मुल्य बुधवार प्रतितोला ९० हजार ५ सयमा कारोवार भइरहेको छ । बुधवार तेजावी सुनको प्रतितोला ९० हजारमा कारोवार भएको छ।
बुधवार चाँदीको मुल्यमा १० रुपैयाले गिरावट आएको छ । मंगलवार प्रतितोला १ हजार ३ सय १५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य बुधवार प्रतितोला १ हजार ३ सय ५ रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।