बूढीगण्डकी बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न प्रचण्डको आग्रह

 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सुरक्षामा जुट्न आग्रह गरिएको छ ।

आइतबार सामाजिक सञ्जालमार्फत बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाटलगायतका क्षेत्रमा ठूलो क्षति पु¥याउनुका साथै घर तथा पुलहरू बगाएको खबरले मर्माहत बनाएको भन्दै प्रभावित नागरिकलाई सहयोग गर्न सबैलाई आग्रह गरेको हुन् ।

त्यस्तै, बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन उनले अनुरोध गरेका छन् ।

उनले विपद्को यस घडीमा प्रभावित नागरिकको सहयोगका लागि सबै एकजुट हुनसमेत आग्रह गरे ।

Spread the love