बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन महामन्त्री थापाको माग

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गर्नुभएको छ । बुधवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै महामन्त्री थापाले बैंकहरुले किसानलाई बैंकले मर्कामा परेको भन्दै कको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गर्नुभएको हो । उहाँले पछिल्लो समय सयौंको सख्यामा साना किसानहरु कृषि मन्त्रालयमा पुगेर रोइरहेको बताउनु भयो । उहाँले बैंकहरुबाट ऋण लिएर कुखुरा फार्म चलाएका किसानको बर्डफ्लु न्युनिकरण गर्ने नाममा सरकारले किुखुरा फार्म नष्ट गरे बापत पाउने ५८ करोड क्षेतिपूर्ति तत्काल किसान दिन पनि माग गर्नुभयो । उहाँले किसानहरुले बैंकको ऋणको दबाबमा अप्रिय निणर्य लिए सरकार जिम्मेवार हुनुपर्ने बताउनु भयो ।
त्यस्तै,स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पछिल्लो समय मानिसहरु आत्मदाहा गर्ने बढेको भन्दै आत्मदाह तथा आत्महत्याको छानबिन गर्न उच्चस्तरिय न्यायिक छानबिन समिति गठन गर्न माग गर्नुभयो । उहाँले मानिसहरुले सामान्य जीवन चलायन समस्या भएको अवस्थामा न्यायिक समितिले जीवन चलायन सहज बनाउने बताउनु भयो ।
उहाँले पछिल्लो समय मुलुकभर आत्महत्या र आत्मदाहा गर्ने मानिसहरुको सख्या बढ्दै गएको बताउनु भयो ।

Spread the love