लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक छ ः अर्थमन्त्री

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक रहेको बताउनुभएको छ । मंगलवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको २६ औं वार्षिकोत्सव कार्यक्रम बोल्दै मन्त्री पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक रहेको बताउनु भएको हो । उहाँले मुलुकको लेखा प्रणालीलाई पारदर्शी बनाएर विश्वमा विश्वसनियता बढाउन पनि जरुरी रहेको बताउनु भयो । मन्त्री पौडेलले मुलुकको लेखा प्रणालीलाई पारदर्शी बनाएर विश्वमा विश्वनीयता बढाउन चार्टर्ड एकाउण्टेन्ट्सहरुको महत्वपूणर्ं भुमिका रहने बताउनु भयो । उहाँले चार्टर्ड एकाउण्टेन्ट्सहरु निजी,सार्वजनिक र सरकारी विभिन्न निकायहरुसँग काम गर्ने भएकाले एकाउण्टेन्ट्सहरुले गर्ने निणर्यले मुलुकको लेखा प्रणाली र लेखा प्रणालीको पारदर्शी र विश्वनीसयताका विषयमा उजागर गराउने बताउनु भयो ।
उहाँले हिसावकिताव पारदर्शीता नभएर दुनियाँमा कसैले नमान्ने भएको भन्दै काम राम्रो गर्ने हिसावकिताव पनि पारदर्शिता राख्ने सरकारको अपेक्षा रहेको बताउनु भयो ।

Spread the love