काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति सामाखुसीले वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईलाई ध्यानाकर्षण गराएको छ । शुक्रबार मंचका अध्यक्ष धनलाल जैसी, एकता समितिका संबद्ध व्यवसायीहरुको प्रतिनिधि मण्डलले वैदेशिक रोजगार विभाग पुगी नवनियुक्त महानिर्देशक भट्टराईलाई भेटी कार्यकाल सफलताको शुभकामना सहित ध्यानाकर्षण गराएको हो ।प्रतिनिधि मण्डलले वैदेशक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)समस्या, श्रम स्वीकृति, भाषा सम्बन्धी प्रमाणपत्र लगायतका समस्याको समाधानको लागि ध्यानाकर्षण गराएको मंचका अध्यक्ष धनलाल जैसीले बताए ।
नवनियुक्त महानिर्देशक भट्टराईलाई यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघ,प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंच, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएशन लगायतका संघ संस्थाहरूले फेमिसमा देखिएका समस्या, व्यवसायी विरुद्ध हुने उजुरी तथा कारबाही प्रकृया लगायतको सवाललाई लिएर ध्यानाकर्षण गराएका थिए ।