काठमाडौँ । बैदेशिक रोजगार विभागले बेैदेशिक रोजगारीका नाममा ठगी गर्ने २ कम्पनीमा छापा मारेको छ । विभागले यूरो अमेरिका सपोर्ट एण्ड वल्र्ड वाइड कन्सल्ट सर्भिस प्रा.लि. र क्यारियर टेक ग्रोथ कन्सल्टेन्सीमा छापा मारेको हो ।वैदेशिक रोजगारीका नाममा रकम लिएर ठगी गरेको उजुरी परेपछि विभागले अवश्यक कारवाही गरेको विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले बताए ।
यूरो अमेरिका सपोर्ट एण्ड वल्र्ड वाइड कन्सल्ट सर्भिस प्रा.लि.ले विरगञ्जका राजन कुमार बैठालाई कामदार भिषामा यूरोप लैजान्छु भनी १ लाख ९ हजार रुपैयाँ रकम लिएर ठगी गरेको भनी विभागमा उजुरी परेपछि विभागले बारबाही गर्दै बैठाको १ लाख ९ हजार रुपैयाँ फिर्ता गराएको छ ।
त्यस्तै वैदेशिक रोजगारीका नाममा ठगी गर्नेे क्यारियर टेक ग्रोथ कन्सल्टेन्सीमा पनि विभागले छापा मारको छ । त्यसक्रममा कन्सल्टेन्सीको सञ्चालक सत्य नारायण साफीलाई नियन्त्रणमा लिएको छ । कन्सल्टेन्सीबाट ३२ थान चेक, विभिन्न बैँकको चेकबुक र केही शंकास्पद कागजात समेत विभागले नियन्त्रण्मा लिएको विभाग श्रोतले जनाएको छ । कन्सल्टेन्सीका सञ्चालक सत्य नारायण साफीलाई आवश्यक कारवाही प्रकृया अघि बढाएको विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले जानकारी दिए ।
पछिल्लो समय नवनियुक्त महानिर्देशक कमल प्रसाद भट्टराईको आगमन पश्चात आन्तरिक प्रशासनका साथै वैदेशिक रोजगारी सम्बन्धी समस्याको समाधान, अनुगमन लगायतका कार्यहरु प्रभावकारी रुपमा अगाडि बढाइएको पाइएको छ ।