मलेसियाको रोजगारी अझै अन्यौलमा

काठमाडौ । मलेसिया बन्द भएपछि नेपाली युवाहरुले रोजगारीको गन्तव्यको विकल्प खोज्न थालेका छन । मलेसियाले श्रमशक्तिको १५ प्रतिशत मात्र विदेशी कामदार रहने व्यवस्थालाई निरन्तरता दिएपछि युवाहरु विकल्पको खोजीमा लागेका हुन । पछिल्लो समयमा नेपाली युवाहरु युरोपेली देशहरुलाई गन्तव्य बनाउन थालेका छन ।
गत असोज महिनामा मात्र रोमानीयामा १९७४ जना कामदार रोजगारीका लागि गएको वैदेशिक रोजगार विभागले जनाएको छ । मलेसियालाई प्रमुख गन्तव्य मानी पर्खाइमा बसेका युवाहरु लामो समयसम्म मलेसिया नखुलेपछि विकल्पको खोजीमा लागेका हुन ।
पछिल्लो समय मलेसियाले नया“ कामदार लैजान बन्द गरेको छ । गत १५ सेप्टेम्बरमा मलेसियाले विदेशी श्रमिकसम्बन्धी विद्यमान व्यवस्थाको समीक्षा गरेको थियो । मलेसियामा श्रम सम्बन्धी नीति परिवर्तन भएको हल्ला चलेको थियो । हालै मलेसियाली सञ्चार माध्यमहरुस“ग कुरा गर्दै मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन विन इस्माइलले भने मलेसियामा सरकारले तोकेको भन्दा विदेशी कामदारको संख्या धेरै रहेकाले श्रम सम्बन्धी नीति परिवर्तन नगरिएको जानकारी दिएका छन ।

Spread the love