मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ९.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५१३२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निणर्य गरेको हो।

Spread the love