मौद्रिक नीतिको समीक्षा सकारात्मक तर अर्थतन्त्रमा देखिएका समस्या र चुनौति तत्काल समाधान गर्न सक्दैनः अध्यक्ष गोल्यान

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सकारात्मक आएको बताउनुभएको छ । अध्यक्ष गोल्यानले बैंकको कर्जा तिर्न नसकेर समस्यामा रहेको ५ करोडसम्म कर्जा लिएका साना उद्योगी व्यवसायीहरुले असारमसान्तसम्म कर्जा पुनःसंरचना र पुनतालिकिकरणको व्यवस्था सकारात्मक रहेको बताउनु भयो । उहाँले शनिवार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाका विषयमा न्युज एजेन्सी नेपाललाई प्रतिक्रया दिँदै यस्तो बताउनुभएको हो । उहाँले मौद्रिक नीतिले २ करोडबाट बढाएर ५ करोड कर्जा लिने साना व्यवसायीहरुको लागि सहुलियतको व्यवस्था गर्नु राम्रो भएको भन्दै साना व्यवसायीहरुलाई राहत पुग्ने बताउनु भयो । उहाँले डिभेन्चरको गणना पुस मसान्तसम्म गर्न पाउने व्यवस्थाले सिडि रेसियोमा समस्या देखिने समस्या नहुने बताउनु भयो । अध्यक्ष गोल्यानले समग्रमा राम्रो भएपनि उत्पादन क्षेत्र कृषि,ऊर्जा,पर्यटन ३० प्रतिशत भ्यालु एडिसन भएका निर्यातजन्य उद्योगहरु र निर्माण सम्बन्धमा बैंकको ब्याजदर कम गर्ने नीति अपुग भएको बताउनु भयो। उहाँले उत्पादन उद्योगमा जाने कर्जाको ब्याजदर घट्ने अपेक्षा भएपनि नभएको बताउनु भयो ।
उहाँले उत्पादन उद्योग र अन्य उद्योगको लागि फरक-फरक ब्याजदर कायम हुनुपर्ने बताउनु भयो । उहाँले उत्पादनमुलक उद्योगहरुमा बैंकको ब्याजदर एकल अंकमा हुनुपर्ने बताउनु भयो । उहाँले बैंकको ब्याजदर एकै पटकमा ७ प्रतिशतमा झर्ने र १४ प्रतिशतसम्म पुग्ने अवस्थाको अन्त्य नीतिगत रुपमा हुनुपर्ने बताउनु भयो। अध्यक्ष गोल्यानले राष्ट्र बैंकले उल्लेखित मागहरु मौद्रिक नीतिको समीक्षामा नगरेर आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा हुन आवश्यक रहेको बताउनु भयो। उहाँले उत्पादन क्षेत्रको लागि बंैकको सिडि रेसियो खुकुलो बनाउने र उत्पादन उद्योगको लागत फण्ड कम गरेर फरक-फरक ब्याजदर र आधारदर बनाउने आवश्यक रहेको बताउनु भयो। उहाँले बैंकको ब्याजदर नघटेसम्म बैंकको खराब कर्जा अझै बढ्नसक्ने बताउनु भयो । उहाँले बैंकको खराब कर्जा कम हुनको लागि यो महिनामा बैंकको ब्याजदर घट्नुपर्ने भएपनि नघटेको बताउनु भयो। उहाँले बैंकर्स संघले बैंशाखमा ब्याजदर नघटाउने निणर्यले केही समयपछि स्पे्रडदरमा दबाब सिर्जना गर्नसक्ने बताउनु भयो ।
उहाँले समग्रमा मौद्रिक नीतिको समिक्षा सकारात्मक आएपनि मुलुकको अर्थतन्त्रमा देखिएका समस्या चुनौतिलाई तत्काल समाधान गर्नसक्ने नदेखिएको बताउनु भयो। उहाँले वित्तीय क्षेत्र र समग्र अर्थतन्त्रमा बढी नै ज्वरो आएको भन्दै ज्वरो निको बनाउने एटिभाइटिकको डोज कम भएको जस्तो लागेको बताउनु भयो।

Spread the love