काठमाडौं । इङ्ग्ल्यान्ड युइएफए महिला युरो २०२५ को सेमिफाइनलमा पुगेको छ।
स्विडेनसँग २—० ले पछि परेको खेल उल्टाएर पेनाल्टी सुट आउटमा ३—२ को जित सहितइङ्ग्ल्यान्ड अन्तिम चारमा पुगेको हो ।
लुसी ब्रोन्जले इङ्ग्ल्यान्डको लागि सातौं पेनाल्टी हानिन् र उनी सफल भइन् ।स्विडेनकी स्मिल्ला होल्मबर्गले आफ्नो प्रयास बार माथि प्रहार गरेपछि पेनाल्टी सुटआउट टुंगिएको थियो ।
स्विडेनले ७पेनाल्टी मध्ये केबल २ गोलगर्न सक्यो ।इङ्ग्ल्यान्डकी गोलकिपर हानाह्याम्प्टनले २ पेनाल्टी रोकिन् ।
कप्तान कोसोभारे अस्लानी दोस्रो र फरवार्ड स्टिना ब्ल्याक स्टेनियसले २५ औंमिनेटमा गोल गर्दै स्विडेन २–० ले अघि बढाएका थिए ।इङ्ग्ल्यान्डले त्यो समयसम्म खासै अवसर सिर्जना गर्न सकेको थिएन ।
साविक विजेताइङ्ग्ल्यान्डले मंगलबार इटाली सँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।