काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् । उक्त विधेयक प्रमाणीकरणसँगै वार्षिक १०० सय जना कामदार वैदेशिक रोजगारमा पठाउन नसकेका वैदेशिक रोजगार व्यवसायीहरुको इजाजत नवीकरणका लागि सहज भएको छ । उक्त ऐनले अनिवार्यरूपमा वैदेशिक रोजगारमा पठाउनुपर्ने प्रावधान खारेज गरेकोे छ ।
गत आर्थिक वर्षमा३२६ वटा मेनपावर कम्पनीहरुले वार्षिक १ सय जना कामदार पनि वैदेशिक रोजगारीमा पठाउन नसकेका कारण इजाजत नवीकरण हुन सकेको थिएन ।