राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले फागुन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने

माघ २५,काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले फागुन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

लघुवित्त वित्तीय संस्थाले  ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।आईपीओमा छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । लघुवित्तले निष्काशन गर्न लागेको कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये १३ हजार कित्ता कर्मचारीहरुले ,४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुले र ७ लाख ९४ हजार ५०० कित्ता सर्वसाधारणहरुले आवेदन दिन सक्ने जनाइएको छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। हाल १७ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको आईपीओ बाँडफाँडपश्चात् २६ करोड चुक्ता पुँजी पुग्ने जनाइएको छ ।

Spread the love