रास्वपा र राप्रपाका सांसदहरुले सदन छाडे

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो विरोध कायमै राख्दै बैठकबाट बाहिर निस्किएका छन् ।
शुक्रबार बैठक सुरु हुने वित्तिकै रास्वपा र राप्रपाले विरोध जनाएकाथिए तर सभामुखले विरोधका बाबजुत बैठक अगाडि बढाएपनि उनीहरु बाहिर निस्किएकाहुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठन हुनुपर्ने माग गर्दै उनीहरूले लगातार विरोध गर्दै आएका छन् ।
रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएका छन्। यद्यपि सभामुख घिमिरेले विरोधकाबीच बैठकलाई अगाडि बढाइरहेका छन्।

Spread the love