काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारायणबाबु लोहनी पुनः नियुक्त हुने भएका छन्।असार १९ गते बसेकोकम्पनी सञ्चालक समितिको बैठकले लोहनीलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। लोहनी ४ वर्षका लागि नियुक्त हुनेछन् । उनको नियुक्ति साउन १८ गतेबाट लागू हुनेछ। उनको कार्यकाल आउँदो साउन १७ गतेबाट सकिँदैछ।
सिभिल इन्जिनियरिङमा स्नातक व्यस्थापनमा स्नातकोत्तर गरेका लोहनीकोे बैंक तथा वित्तीय संस्थामा मात्र डेड दशक लामो अनुभव रहेको छ । लोहनीको पुनः नियुक्तबाट कम्पनीले अपेक्षित लक्ष्य प्राप्ति गर्ने कम्पनीले जनाएको छ ।