विभिन्न कार्यक्रम गरेर आज २१२ औँ भानु जयन्ती मनाइँदै

काठमाडौं। ऋाज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्म जयन्ती । देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी भानु जयन्ती मनाइँदैछ ।
विसं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुम्दी रम्घा भन्ने ठाउँमा भानु भक्त आचार्यको जन्म परिवारमा भएको हो।
ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको हो
ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षा दीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको हो ।
नेपाली भाषाका प्रथम कवि यिनै भानुभक्त हुन् जसले भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिव्यक्त गरेको हुन् । त्यसैले पनि भानुभक्तलाई आदिकवि भनिन्छ ।
आदिकवि आचार्यको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मा लगायत नेपाली भाषा भाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।

Spread the love