विश्वमै अतिदुर्लभ मानिएको बैकाल गैरी चरा नागदहमा भेटियो

काठमाडौं । विश्वमै अतिदुर्लभ मानिएको हाँस प्रजातिका बैकाल गैरी चरा ललितपुरको नागदहमा फेला परेको छ ।केही दिन अघि उक्त चरा नेपाल आएको हो ।
प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयूसीएन)ले समेत खतरामा रहेको अर्थात रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी चरा नागदहमा फेला परेको हो ।
साइबेरियाको दक्षिण–पूर्वी क्षेत्रमा बस्ने गरेको बैकाल गैरी जाडो छल्न भारत हुँदै बसाई नेपाल आइपुगेको चराविज्ञ सुर्दशन कार्कीले जानकारी दिए । उनका अनुसार पूर्वी साइबेरियाको बैकाल भन्ने लेकमायी चराहरु बस्ने भएका कारण यसको नाम बैकाल गैरी रहेको हो ।
यी चराहरु जाडो महिनामा जाडो छल्न पूर्वतिर बसाई सर्ने गरेको पनि उनले जानकारी दिए । उनले गत पुस १४ गते दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमान स्थलमा दुर्घट्नामा परी एक सय ७९ जना व्यक्तिहरुको मृत्यु भएको घट्नामा यही बैकाल चराको संलग्नता रहेको बताए । यीनिहरु ब्थानमा उड्ने हुँदा उक्त विमानमा छोएको पुष्टि भइसकेको कार्कीले जानकारी गराए ।
उनले बैकाल काठमाडौंमा २० वर्षमा दोस्रो पटक देखिएको भनियता पनि आफूले पहिलो पटक देखेको उनी बताउँ छन् ।
‘काठमाडौंमा २० वर्षमा दोस्रो पटक देखिएको भन्ने छ । तर मैले चाँही काठमाडौंम पहिलो पटक देखेको हुँ,’उनले भने
त्यस्तै, बैकाल चरा फेला परेपछि फोटोग्राफरहरुको भीडलाग्ने गरेको र नागदह थप प्रसिद्ध भएको उनले बताए ।

हाँस प्रजातिको बैकालको बथानमा नै उड्ने विशेषता रहेको भन्दै साउथ कोरियामा १० हजारको बथान रेकर्ड भएको उनले जानकारी दिए । यसको वैज्ञानिक नाम ‘अनास फोमोसा फोरमोसा’भएको पनि उनले जानकारी दिए ।

Spread the love