वीर अस्पतालको खाद्य स्वस्च्छताको अवस्था ठिक छ : महानगर

 

काठमाडौं । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त आयोजनामा घुम्ती खाद्य प्रयोगशाला सहित अनुगमन एवम निरीक्षण गरिएको छ।
सोमबार खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने उद्देश्यलेसुरु गरिएको कार्यक्रम अन्र्तगत महानगरले वीर अस्पतालमा खाद्य नमूना संकलन, अनुगमन र निरीक्षण गरेको हो ।
अनुगमन पछि सञ्चारकर्मीहरुसँगको कुरा गर्दै महानगरपालिकाका फुड टेक्नोलोजिष्ट अधिकृत अनिल बस्नेतले अस्पतालमा अनुगमन गर्दा खाद्य स्वस्च्छताको सबै नियमहरु पालना गरेको पाइएको जानकारी दिए ।


खासगरी सरकारी अस्पतालहरुमा यत्तिको खाद्य स्वस्च्छताको नियमहरु पालना गरेको कम मात्रामा नै भेटिने गरेको पनि उनले बताए ।
त्यस्तै उनले महानगरपालिकामा धेरै उजुरीहरु आएको कारण खाद्यव्यवसायमा अनुगमन गर्न लागेको पनि बताए ।

Spread the love