काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा इच्छाशक्ति भएमा नेपालमा अत्यावश्यक उपभोग्य वस्तुहरूको आयात नियन्त्रण गर्न सकिने बताएका छन् ।
नेपाल चामल, तेल, दाल उद्योग संघको ४५औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्रीभण्डारीले निजी क्षेत्रले उत्पादन र उत्पादकत्व वृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका हुन् ।
उनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा सरकार सबै क्षेत्रसँग परामर्शमा केन्द्रित रहेको बताए।
मन्त्री भण्डारीका अनुसार नेपालमा ३३ हजार मेट्रिक टन खाद्यान्न स्टक गर्नुपर्ने लक्ष्य रहेपनि त्यो अझै पूरा हुन सकेको छैन ।
उनले हिमाली तथा पहाडी क्षेत्रमा रैथाने अन्न बालीको उत्पादन वृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख हुनुपर्नेमा जोड दिए।