वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्दा ठूलो राहत पुग्छः वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदा श्रमिक र तिनका परिवारहरुलाई ठूलो राहत पुग्ने बताउनुभएको छ । बुधवार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजित सामाजिक सुरक्षा योजनाको शुभारम्भ समारोहमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिकाई सामाजिक सुरक्षा कोषमा ल्याउने योजनाले आर्थिक रुपमा देशलाई चलायमान बनाउन ठूलो योगदान पुग्ने बताउनु भयो । उहाँले वैदेशिक रोजगारदाताहरू कोषमा आवद्ध हुन पाउँदा समेत उनीहरुलाई राज्य भएको महशुस पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले वैदेशिक रोजगारमा रहेकाहरुले नेपालमा वार्षिक लगभग १ खर्ब रेमिटेन्स पठाउने गरेको बताउनु भयो । उहाँले विदेशमा श्रमिकहरुले रगत पसिना बगाएर कमाएर पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र चलायमान भएकाले सरकारले यस्ता योजना ल्याउनु स्वागतयोग्य रहेको बताउनु भयो । उहाँले रेमिटेन्स आउँदा मात्र खुशी हुने सरकारले धेरैपछि वैदेशिक रोजगारदाताहरुको लागि अवश्यक रहेको सामाजिक सुरक्षाको दायित्व पूरा गरेको बताउनु भयो । उहाँले सरकारले श्रमिकहरुको सुरक्षाको लागि पहिलो शुरुवात भएको टिप्णी गर्नुभयो ।
उहाँले सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदा श्रमिक र तिनका परिवारहरुको न्युनतम सुरक्षाको प्रत्याभुति हुने बताउनु भयो ।

Spread the love